कोरोना नियन्त्रण उच्चस्तरीय समिति बैठक बस्दै, सीमा बन्दबारे छलफल हुने 

चैत्र ७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ । शुक्रबार साँझ साढे ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठक बस्न लागेको हो ।

बैठक साढे ६ बजेका लागि तय भएको समिति संयोजक एवं उपप्रधानमन्‍त्री ईश्‍वर पोखरेलको सचिवालयले जनाएको छ । 


बैठकमा कोरोना नेपाल प्रवेश गर्न नदिने र बच्‍ने उपायबारे विभिन्‍न मन्त्रालयका प्रतिनिधिले एजेन्डा प्रस्तुत गर्नेछन् ।

बैठकमा सीमा बन्द गर्नेबारे पनि छलफल हुनसक्ने स्रोतले जनाएको छ ।  

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully