कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रास कोरोनाको, सुनसान छ लुम्बिनी [तस्बिरहरु] 

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस(कोभिड–१९) त्रासले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी अहिले सुनसान छ । लुम्बिनी गुरुयोजना क्षेत्रको ३ वर्ग स्क्वायर माइलमा विदेशी पर्यटक देखिन छाडेका छन् । 

२०१९ मार्च महिनामा लुम्बिनीमा २९ हजार ४ सय विदेशी पर्यटक आएका थिए । २०२० मार्चको १९ दिनमा ७ हजार ९ सय १० विदेशी पर्यटक आएका छन् । यस वर्षको मार्च १५ मा ३९ विदेशी पर्यटक आए । मार्च १६ मा ५० र मार्च १७ मा २२ विदेशी पर्यटक लुम्बिनी आएका छन् । मायादेवी मन्दिर सुनसान छ । चेक गर्न बसेका सुरक्षाकर्मी पनि फुर्सदिला देखिन्छन् ।

पर्यटकको आगमन रोकिएसँगै लुम्बिनी क्षेत्रका होटल व्यवसाय तथा रिक्सा, ईरिक्सा चलाएर साँझ बिहानको छाक टार्नेहरु मर्कामा परेका छन् । 

प्रकाशित : चैत्र ७, २०७६ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्