सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रोजगारी गुमेका वा अन्य समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाम...
काम गरिरहेको ठाउँका ठेकेदारले बेवास्ता गरेपछि र स्थानीय तहले वितरण गर्ने राहतमा पनि पहुँच नपुगेपछि भोकै बस्न नसकेर घर हिँडेका मजदुरहरू बाटैमा अलपत्र परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हिँडेर पनि यात्रा गर्न नदिन निर्देशन दिएका छन् ।
कोभिड-१९ महामारीले एकातिर विश्वमा सबभन्दा सम्पन्न राष्ट्र अमेरिकामा तीसौं हजार मानिसको मृत्युले अमेरिकी सरकारको अव्यवस्था र नेतृत्वहीनतालाई उजागर गरेको छ । अर्कोतर्फ नेपाल र भारतमा अहिलेसम्म टेलिभिजनको पर्दामा नदेखिएको मजदुरहरूको कन्तबिजोगले त्यहाँको सरकारको कल्पनाशीलता र संवेदनशीलताको अभावलाई छर्लङ्ग पारेको छ।
प्रसंग हो, एक अर्ब २४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) सँगको सम्झौता । विवादपछि रद्द गरिएको सम्झौता र उठेका प्रश्नमा नेकपाको मौनता । यति संवेदनशील मुद्दामा सत्तारुढ दल औपचारिकरुपमा मौन छ ।
लामो समयसम्म आश्चर्यजनक मौनता साँधिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अढाई साताको अन्तरालपछि मंगलबार सार्वजनिक सन्देश दिएका छन् । ‘राष्ट्रका नाममा सम्बोधन’ भनिएको उक्त टेलिभिजन सन्देशमा उनले नागरिकप्रति सहानुभूति व्यक्त गरे, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरूलाई ढाडस दिए र सबैको साथ–सहयोग खोजे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी २ साता संक्रमणको जोखिम उच्च रहेको बताउँदै सजगता अपनाउन सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको दोस्रो चरणमा प्रवेश गरेकाले थप सजग हुनुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएपछि दोस्रो चरणमा पुगेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेराष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
कोरोना भाइरस (कोभिड-१९) लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधनका क्रममा गरिएका घोषणा कार्यान्वयनका लागि योजना तय गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको मुलुकबाट स्वदेश फर्किएका नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । कोरोनाको विषयमा शुक्रबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले संक्रमण फैलिएको मुलुकबाट फर्किएकालाई घरमै क्वारेन्टाइन बनाएर बस्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीका कारण स्वदेश फर्कन नपाएका नेपालीहरुलाई नआत्तिन र चिन्तित नहुन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले मुलुक फर्किन केही असुविधा परेको आफूलाई जानकारीमा रहेको बताए ।
सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले यो कदम चालेको हो ।