कोरोनाविरुद्ध सार्क आपत्‌कालीन कोषमा नेपालको १० करोड

चैत्र ७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) विरुद्ध सार्क राष्ट्रहरूले स्थापना गरेको आपत्‌कालीन  कोषमा नेपाल सरकारले १० करोड रुपैयाँ योगदान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै शुक्रबार उक्त कोषलाई नेपाल सरकारले १० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

सार्क राष्ट्रका प्रमुख र प्रतिनिधिहरूबीच आइतबार भएको भिडियो कन्फरेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सार्क आपत्‌कालीन कोष स्थापनाको प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सबै सदस्य राष्ट्रले स्वीकार गरेका थिए । 


मोदीले उक्त कोषमा भारत सरकारले १ करोड अमेरिकी डलर प्रदान गर्ने र अन्य राष्ट्रहरूलाई स्वेच्छिक रूपमा योगदान दिन आग्रह गरेका थिए । उक्त कोषमा जम्मा रकम कसी प्रयोग गर्ने भन्ने बारेमा कार्यविधि भने कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन् बताइएको छ ।  


प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री मोदीले गरेको उक्त कोष स्थापना गर्ने प्रस्तावको प्रशंसा गर्दै उक्त कोषमा रकम प्रदान गर्ने घोषणा गरेका हुन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully