कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आपतकालीन आपूर्ति व्यवस्थापन कार्यदल गठन गरिने

एकीकृत टोलीबाट बजार अनुगमन

काठमाडौँ — सरकारले खाद्य वस्तु लगायतको आपूर्ति सहज बनाउन आपतकालीन आपूर्ति व्यवस्थापन कार्यदल गठन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्ववमा आपूर्ति व्यवस्थापन समन्वय समिति र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका सम्बन्धित महाशाखासहितको सहभागिता गठन हुने कार्यदलले आपूर्ति व्यवस्थापन गर्ने जनाएको छ ।

आपतकालीन आपूर्ति व्यवस्थापन कार्यदल गठन गरिने

‘कार्यदलले अवस्थाको आपूर्तिको तथ्यांक दैनिक रुपमा अधावधिक गरी हरेक दिन सार्वजनिक गर्नेछ,’ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको खाद्यन्न मौज्दातलाई दोब्बर पार्ने जनाएको छ । यसका लागि आवश्यकता अनुसार साविक नेसनल ट्रेडिङ लिमिटेडको टेकुस्थित गोदाम उपयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तै, दुगर्ममा खाद्यान्न अभाव हुन नदिन पहाडी जिल्लामा सम्भावित खाद्य संकट आउन नदिन समयमै आवश्यक खाद्यको ढुवानी गर्ने मन्त्रालयले जनाएको छ ।


बजार अनुगमनका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा एकीकृत टोली निर्माण गरी परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ । यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आवश्यक जनशक्ति माग गर्ने जनाएको छ । ‘अनुगमनका क्रममा नियम विपरितका क्रियाकलाप, कृत्रिम अभाव मूल्य वृद्धि आदिमा संलग्न व्यवसायीलाई तत्कालै कानुन बमोजिम हदैसम्मको कारबाही गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।


प्रकाशित : चैत्र ७, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?