काठमाडौंबाट बाहिरिने बढे

चैत्र ६, २०७६

विमल खतिवडा

काठमाडौँ — कोराेना भाइरस (काेभिड-१९)को त्राससँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ । कोभिड-२०१९ राेकथामका लागि सरकारले स्कुल, क्याम्पस तथा सार्वजनिकस्थलहरु चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेसँगै उपत्यका छाड्‍नेहरुको संख्‍या बढेको हो ।

बिहीबार मात्रै १६ हजार ८ सय २४ यात्रुबाहक सवारीसाधन काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी माहाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्मको तथ्यांकमा काठमाडाै‌ंमा १३ हजार ४ सय ५२ सवारी भित्रिएका छन् । 

यस्तै, ८९ हजार ८ सय ४ जना यात्रु काठमाडौंबाट बाहिरिँदा ५६ हजार ९ सय २५ यात्रु भित्रिएको महाशाखाका प्रमुख ढकालले कान्तिपुरलाई बताए । बुधबार १७ हजार ५ सय २४ वटा गाडी बाहिरिएका थिए भने १६ हजार २ वटा सार्वजनिक सवारी भित्रिएका थिए । बुधबार ९८ हजार ९ सय ३४ जना उपत्यका भित्रिएको र ९५ हजार २ सय ४७ मानिसहरु बाहिरिएको माहाशाखाले जनाएको छ । 

तलुनात्मक रुपमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या केही दिनयता बढ्न थालेको माहाशाखाका प्रमुख ढकालले कान्तिपुरलाई बताए । 

कोरोना भाइरस

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully