मनकामना बन्द, चन्द्रागिरी खुला

चैत्र ६, २०७६

सुरज कुँवर

काठमाडौँ — गोरखाको मनकामना मन्दिरमा सञ्चालित मनकामना केबलकार शनिबारदेखि चैत मसान्तसम्म २२ दिनका लागि बन्द गरिएको छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामबारे अवलम्बन गरेको निति अनुसार, केaलकार बन्द गर्नुपरेको नायब महाप्रaन्धक डिएन कायस्थले कान्तिपुरसँग बताए ।

यता काठमाडौंमा रहेको चन्द्रगिरी केबलकार भने सञ्चालनमै रहेको छ । चन्द्रागिरीका महाप्रबन्धक अभिषेकविक्रम शाहले चिकित्सक, नर्सको टोली र स्वास्थ्य डेस्क राखिएको जनाउँदै चन्द्रागिरी बन्द गर्ने निर्णय नभएको कान्तिपुरसँग बताए ।  


कोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully