काठमाडौँ — महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को त्रासका कारण काठमाडौं छाड्नेको संख्या बढेको छ । उपत्यकाबाट अधिकांश बालबालिका, महिला तथा वृद्धहरु कोरोनाको त्रासले गाउँ फर्कन थालेका हुन् । फर्कने अधिकांशले मास्क लगाएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अन्य दिनको भन्दा बिहीबार उपत्यकाबाट घर जाने यात्रुको संख्यामा एक्कासी वृद्धि भएको हो । उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी ,जगाती, दक्षिणकाली हुँदै बाहिरिने सवारी साधनको संख्या बढ्न थालेको छ ।

