संग्रहालयहरु पनि बन्द 

चैत्र ६, २०७६

सुरज कुँवर

काठमाडौँ — संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, सांस्कृतिक केन्द्रहरु, राष्ट्रिय अभिलेखालय चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । 

मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालका अनुसार, मन्त्रालय मातहतका सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानका सभाहल र प्रेक्षालय पनि चैत्र मसान्तसम्मकालागि बन्द गरेको छ ।

ती स्थानमा पूर्व निर्धारित कार्यक्रम पनि नगराउन मन्त्रालयले ती केन्द्र प्रमुखलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्दै आएका पठनपाठन पनि चैत्र मसान्तसम्मलाई बन्द गर्ने निर्णय गरिएको छ । त्यस्तै मन्त्रालय, विभाग तथा मातहतका निकायले गर्ने तालिम, गोष्ठी, सेमिनार, सभा, सम्मेलन पनि चैत्र ३० गतेसम्मलाई बन्द गरिएको छ । 

कोभिड–१९ संक्रमण रोकथाम समितिकोरोना भाइरस

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully