काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट शुक्रबार ६ जना विदेशी नागरिकलाई कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको छ । उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
अस्पतालका डा अनुप बाँस्तोलाका अनुसार बिहीबार ठमेलबाट ल्याइएका ५ जना अस्ट्रेलियन नागरिक र एकजना स्कटीस नागरिकमा कोरोना परीक्षण गर्दा संक्रमण नदेखिएकाले डिस्चार्ज गरिएको हो ।
हालसम्म मुलुकमा एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ ।
