चैतमा हुने सबै परीक्षा स्थगित गर्न नेकपा सचिवालयको सुझाव

चैत्र ५, २०७६

बबिता शर्मा

काठमाडौँ — नेकपाले सरकारलाई एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका पनि सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

बैठकपछि सरकारले एसईईसँगै चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

नेकपाको सचिवालयले एसईई परीक्षा स्थगित गर्न पनि सरकारलाई सुझाव दिएको थियो । 

बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।


शिक्षा मन्त्रालयको प्रेस विज्ञप्ति


कोभिड–१९ संक्रमण रोकथाम समितिकोरोना भाइरस

बबिता शर्मा कान्तिपुर दैनिकमा राजनीतिक ब्यूरोमा कार्यरत छिन् ।

Link copied successfully