१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बरामद गरिएका मास्क साझा स्वास्थ्य सेवा सहकारीमार्फत बिक्री गरिने

काठमाडौँ — कालोबजारी गर्ने व्यापारीबाट बरामद गरेका मास्क सरकारले साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत बिक्री गर्ने भएको छ । बुधबार कोरोना भाइरस(कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अवैध रुपमा लुकाइ राखिएको अवस्थामा बरामद भएका मास्कमध्ये ५ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत ब्रिकी गर्ने निर्णय गरेको हो ।

बरामद गरिएका मास्क साझा स्वास्थ्य सेवा सहकारीमार्फत बिक्री गरिने

सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अवैध रुपमा लुकाइ राखेका मास्क बरामद गरेको थियो । बुधबार मात्रै काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद गरेको थियो ।


यसअघि सोमबार महान्यायाधिवक्ताको कार्यालयले कालोबजारी गर्नेहरुबाट बरामद मास्क सर्वसुलभ मूल्यमा बिक्री गर्न प्रहरीलाई निर्देशन दिएको थियो । कालोबजारी गर्नेहरुबाट बरामद भएको मास्क अदालती प्रक्रियामा पुर्याएर ट्ग्यांउन लामो समय लाग्ने भएको भन्दै अभिलेख राखेर त्यसको बिक्री वितरण महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको थियो ।


त्यस्तै बुधबार बसेको समितिको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

यस्ता छन् कोरोना स‌ंक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयहरु

प्रकाशित : चैत्र ५, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?