१० लाख थान मास्कसहित सानो भर्‍याङबाट एक जना पक्राउ

काठमाडौँ — महानगरीय अपराध महाशाखाले काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्कसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

१० लाख थान मास्कसहित सानो भर्‍याङबाट एक जना पक्राउ

महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार १० लाख थान मास्कसहित युवराज न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गोरखाका न्यौपानेले सानो भर्‍याङमा दिप ओभरसिज सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको त्राससँगै बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी बढेपछि वाणिज्य विभागसँगकाे सहकार्यमा प्रहरीले बजार अनुगमन तीव्र पारेको छ । यसअघि पनि गोदाममा राखेर मास्कको कालोबजारी गर्ने व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै बढी मूल्यमा मास्क र स्यानिटाइजर बिक्री गर्ने पसललाई पनि कारबाही गरिएको छ ।

सम्बन्धित समाचार

बरामद मास्क बिक्री वितरणको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन

प्रकाशित : चैत्र ५, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?