कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गरिने

काठमाडौँ — सरकारले कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गर्ने भएको छ । कोरोना संक्रमणको विषयलाई लिएका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा भ्रम सिर्जना हुने खालका गलत सूचनाहरु दिए सरकारले कारबाही गर्ने जनाएको छ । 

कोरोनाबारे अफवाह फैलाउनेलाई कडा कारबाही गरिने

बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेको अध्यक्षतामा बसेको कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।


निर्णयको १५ नम्बर बुँदामा भनिएको छ,'सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुने गरी कुनै पनि सञ्चार माध्यम(सामाजिक सञ्‍जाल समेत)बाट गलत अभिव्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिने छ ।'

प्रकाशित : चैत्र ५, २०७६ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?