वैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय

चैत्र ५, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २०७७ को वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । 

कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिनेमा हल,सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्‍जन स्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको हो । 


उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उक्त बैठकले डान्सबार,मनोरञ्जन स्थल तथा स्वीमिङ पुल पनि बन्द गर्ने निर्णय गरेको छ । यसको अनुगमन सम्बन्धित मन्त्रालयहरुले गर्ने जिम्मेवारी दिइएको छ । 


यस्तै, यसको अनुगमन र कार्यान्वयनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समेत निर्देशन दिइएको छ । 


यी हुन् निर्णयहरुः



कोभिड–१९ संक्रमण रोकथाम समिति

कान्तिपुर

Link copied successfully