कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

१० चरणमा लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा, मस्यौदा संशोधन गरिँदै

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना संक्रमणको जोखिम बढ्न नदिई स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लैजाने सरकारको गृहकार्यको अन्तिम चरणमा पुगेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बताएको छ ।  

१० चरणमा लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा, मस्यौदा संशोधन गरिँदै

यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउने प्रस्तावमाथि गृहकार्य भइरहेको छ । संभवतः असार १ गतेबाट लागू हुनेगरि यो प्रस्तावबारे स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरुले अध्ययन गरिरहेको समन्वय समितिका सदस्यसचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको समन्वय समितिले तयार पारेको १० चरणको लकडाउन मोडालिटीबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरिएको थियो । बालुवाटारमा निकै अवेरसम्म बसेको समितिको बैठकमा प्रधानमन्त्री ओलीसमक्ष यो मोडालिटीको मस्यौदा प्रस्तुत गरिएको थियो ।

आइतबारको बैठकमा सुरक्षा निकायका प्रमुखहरु र मन्त्रीहरु पनि उपस्थित थिए । छलफलको आधारमा १० चरणमा लकडाउन खुकुलो बनाउने मोडालिटीलाई थप परिस्कृत गर्न लागिएको सचिव बिराडीले जानकारी दिए । यो मोडालिटीमा आर्थिक, स्वास्थ्य र सुरक्षालाई मुख्य आधार बनाइएको छ ।

उच्चस्तरीय समितिले सुरुमा तीनवटा मोडल अघि सारे पनि अहिले आएर १० चरणको नयाँ मोडालिटीबारे छलफल थालेको हो । सचिव बिराडीले प्रधानमन्त्रीसामु प्रस्तुत भएको मस्यौदालाई विभिन्न क्षेत्रबाट आएका सुझावका आधारमा संशोधन गरेर अन्तिम रुप दिन लागिएको बताए । यो मोडलमा हरेक दुई सातामा स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर आर्थिक र सामाजिक गतिविधिलाई व्यवस्थित रुपमा ‘खोल्दै’ लैजाने प्रस्ताव गरिएको छ ।

‘प्राविधिक टोलीले अध्ययन गरिरहेका कारण कुन चरणमा के के गर्ने भन्ने अहिले सार्वजनिक गर्न मिल्दैन,’ सचिव बिडारीले भने, ‘प्राविधिक कुराहरु संशोधन गर्न चिकित्सक र प्राविधिकरुहरु लागिरहनु भएको छ । अब छिटै टुंगिन्छ ।’

प्रकाशित : जेष्ठ २६, २०७७ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?