कोरोना नियन्त्रणमा सरकार असफल भएको कांग्रेसको ठहर, प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने

खर्च र अनिमितताको विषय संसदमा जोडदाररुपमा उठाइने

जेष्ठ २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा कांग्रेसले सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । 

पार्टीका तर्फबाट बरिष्ठ नेता रामचन्द्र पौडेलको टोलीले ज्ञापन पत्र बुझाउने छ । प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । 

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँ र स्वास्थ्य क्षेत्रमा भएका अनियमतिाको बिषयमा संसदीय छानविन गठन गर्नुपर्ने मागसमेत कांग्रेसका केन्द्रीय सदस्यहरुले उठाएका छन् । मंगलबारदेखि संसदमा समेत यस बिषयलाई जोडदाररुपमा उठाउने तयारीमा कांग्रेस रहेको छ ।

कान्तिपुर

Link copied successfully