चैत मसान्तसम्म विद्यालय र विश्‍वविद्यालय बन्द हुने, पूर्वनिर्धारित परीक्षा भने यथावत

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय तथा विश्वविद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।


यस्तै, त्रिवि लगायतका ११ वटै विश्‍वविद्यालय परीक्षाका कार्यक्रम भने यथावत रहने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कान्तिपुरलाई बताए। बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रमा स्‍वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ। प्रकाशित : चैत्र ५, २०७६ १७:०९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

युरोपसहित कोरोना प्रभावित मुलुकका नागरिकलाई वैशाख ३ सम्म प्रवेश रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिकलाई चैत ७ गतेदेखि वैशाख ३ गतेसम्मका लागि आगमनमा प्रतिबन्ध लगाएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले वैशाख ३ गतेसम्मका लागि कोरोना भाइरस प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। साथै खाडी क्षेत्र, युरोपका सबै मुलुक, इरान, टर्की, दक्षिण कोरिया, जापान ट्रान्जिट भई आउने सबैलाई पनि वैशाख ३ गतेसम्मका लागि प्रतिबन्ध लगाइएको छ।

आवागमनमा लगाएको प्रतिबन्धका कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकको भिसा अवधि नियमित गर्न गृह र परराष्ट्र मन्त्रालयले समन्वय गर्ने पनि समितिको बैठकले निर्णय गरेको छ।

त्यस्तै सरकारले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ।विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ। यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ। साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ।

बुधबार बसेको समितिको बैठकले सिनेमा हल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, स्विमिङ पुल, डान्सबार तथा क्लबलाई पनि वैशाख १८ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित : चैत्र ५, २०७६ १६:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×