कोरोना प्रकोप : ब‌ंगलादेशमा एक जनाको मृत्यु

चैत्र ५, २०७६

एजेन्सी

ढाका — बंगलादेशमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट ७० वषभन्दा माथिका एक जनाको मृत्यु सरुवा रोग नियन्त्रण तथा अनुसन्धान संस्थान(आईइडीसीआर)का निर्देशक प्राध्यापक मिरजादी सब्रिनालाई उद्धृत गर्दै द डेली स्टारले जनाएको छ । ती व्यक्ति पहिलेदेखि नै श्वासप्रश्वास, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र मधुमेहबाट ग्रसित रहेको निर्देशक सब्रिनाले जानकारी दिएकी छिन् ।

बुधबार दिउँसोसम्म बंगलादेशमा कोभिड–१९ संक्रमितको संख्या १४ पुगेको छ । बंगलादेशमा १६ जनालाई आइसोलेसन र ४२ जनालाई क्वारेन्टाइनमा राखिएको पनि निर्देशक सब्रिनाले जानकारी दिएकी छिन्  । आईईडीसीआरले पछिल्लो २४ घण्टामा ४९ जनाबाट नमुना संकलन गरेको छ भने अहिलेसम्म ३४१ जनाको नमुना परीक्षण गराएको छ । 


दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा बढी पाकिस्तानमा २५४ जना रहेका छन् । पाकिस्तानमा मंगलबार एक जनाको मृत्यु भएको समाचार पाकिस्तानी सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । तर बुधबार फेरि पाकिस्तानी अधिकारीहरुले त्यसको खण्डन गरेका छन् ।


दक्षिण एसियाली देशमा संक्रमणको अवस्था

देशसंक्रमितमृत्यु

पाकिस्तान

२५४
भारत१५२
श्रील‌ंका५०

अफगानिस्तान

२५
बंगलादेश१४
मालदिभ्स१३
भुटान
नेपाल १(निको भइसकेको)

कोरोना भाइरस

एजेन्सी

Link copied successfully