यो नाच दसैंको टीकाको भोलिपल्टदेखि पूर्णिमासम्म नाचिन्छ । सराय नचाएर देवीको पूजा गरेपछि दसैं सकिएको मान्ने चलन छ ।
What you should know
परासी — पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा सराय नाचेर दसैंको बिदाइ गरिएको छ ।
परापूर्वकालमा युद्ध जितेपछि योद्धाहरुले खुसीयालीमा देवीको शक्ति पीठहरुमा यो नाच नाच्ने परम्परा रहँदै आएको छ ।
अर्घाखाँची, गुल्मी जिल्लाबाट बसाइँ सरेर आएका समुदायले यो नाचलाई निरन्तरता दिँदै आएका छन् । विगत ६० वर्षदेखि युवाहरूलाई सराय नाच सिकाउँदै आएका विनयी त्रिवेणी–२ का खडगबहादुर राना मगरका अनुसार युवाहरू विदेशिएको र नाच सिक्ने नयाँ पुस्ता नहुँदा समस्या भएको बताए । अहिले जिल्लामा नै यो नाच नाच्ने ४ जना नयाँ युवा मात्र छन् ।
डाँडाजोर मेला व्यवस्थापन तथा संस्कृति संरक्षण समितिका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले युवाहरुलाई परम्पराप्रति आकर्षक गराउँदै लोपोन्मुख बन्न लागेको नाचको संरक्षणमा जोड दिएको बताए ।
