पाँचथरको फिदिम, चितवनको बेलचोक, पूर्वी नवलपरासीको कावासोती, कपिलवस्तुको लक्ष्मणघाट र कञ्चनपुरको महेन्द्रनगरमा बुधबार पिङ खेल्दै गरेका स्थानीयका तस्बिरहरू हेर्नुहोस् ।
पाँचथर,चितवन,परासी,कपिलवस्तु,कञ्चनपुर — दसैं भन्ने बित्तिकै पहिलो नम्बरमा आउने कुरा हो पिङ । दसैंमा एकपटक भए पनि भुइँ छाड्नु (पिङ खेल्नु) पर्ने मान्यता छ । चचहुइ भन्दै दसैंदेखि तिहारसम्म खेलिने पिङ अचेल कमै देखिने गरेका छन् ।
घटस्थापनादेखि वस्ती र टोलैपिच्छे पिङ हालेर बालबालिका रमाउने गर्थे । सहरतिर पलायन बढेपछि अचेल गाउँमा युवाको उपस्थिति कम हुँदै गएको छ । दसैंतिहार मनाउन गाउँ फर्केका युवासहितले केही ठाउँमा पिङ हालेर रमाइलो गरिरहेको देखिन्छ । पाँचथरको फिदिम, चितवनको भरतपुर महानगरपालिका–३ बेलचोक, पूर्वी नवलपरासीको कावासोती, कपिलवस्तु बाणगंगा नगरपालिकाको लक्ष्मणघाट र कञ्चनपुरको भीमदत्त नगरपालिका ५ महेन्द्रनगरमा बुधबार पिङ खेल्दै गरेका स्थानीयका तस्बिरहरू हेर्नुहोस् । तस्बिरहरु : लक्ष्मी गौतम, रमेशकुमार पौडेल, नवीन पौडेल, मनोज पौडेल, भवानी भट्ट
![Chachahui... [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pingmanoj-pnoto51-01102025122228-1000x0.jpg&w=1001&h=0)
![Chachahui... [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/pingmanoj-pnoto61-01102025122230-1000x0.jpg&w=1001&h=0)