कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना

अर्जुन राजवंशी

बिर्तामोड — झापाको दमक नगरपालिकाका मेयर पदका उम्मेदवार राम थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थापा बुधबार बिहान अस्पताल भर्ना भएका हुन् ।

दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना

चिकित्सकका अनुसार थापालाई एपेन्डिसाइटिस भएको छ । थापालाई बुधबार बेलुका दमकबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । राप्रपाका थापा दमकमा कांग्रेस र माओवादी केन्द्र समेतको गठबन्धनबाट मेयर पदका उम्मेदवार छन् ।

६५ वर्षीय थापालाई बिहीबार बेलुका दमक ल्याउने तयारी भइरहेको छ । तत्काललाई एपेन्डिसाइटिसको शल्यक्रिया नगर्ने गरी औषधि उपचार गरिएको जनाइएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?