चितवन कांग्रेसका पूर्वसांसदसहित पाँच नेता पार्टीबाट निलम्बित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवन कांग्रेसका पूर्वसांसदसहित पाँच नेता पार्टीबाट निलम्बित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले सत्ता गठबन्धनको निर्णयबमोजिम नगर्ने चितवनको भरतपुर महानगरपालिकाका पाँच जना नेताहरूलाई साधारण सदस्यबाट निलम्बन गरेको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धन दलबीच तालमेल हुँदा मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसबाट उम्मेदवार छन् । तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले गठबन्धनको निर्णय विपरीत गतिविधि गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यालयले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।

चिवतनका पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वकेन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, पुर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य केशव पौडेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदिप पराजुलीले जानकारी दिए ।

प्रकाशित : वैशाख २९, २०७९ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्

मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप, एमाले जनकपुर अध्यक्ष भण्डारी पक्राउ

कान्तिपुर संवाददाता

जनकपुर — मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने गरी मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो ।

अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि बसेको र साहका पक्षमा मुस्लिम मतदातालाई प्रभावित गर्न खोजेको आरोप लागेको छ । साह केही दिनअघि मात्रै एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गराउन अन्सारीले नै भूमिका खेलेका थिए । एमालेबाट टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका थिए ।

अन्सारीले होटेलमा बसेर पैसा बाँडिरहेको भन्ने सूचना पाएपछि एमाले जनकपुर अध्यक्ष सुरेन्द्र भण्डारी १५/२० जनाको समूहमा लिएर होटेल पुगेका थिए । होटेलमा होहल्ला र तोडफोड गरेको आरोपमा भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै आयोगका अध्यक्ष अन्सारीलाई भने प्रहरीले उद्धार गरी काठमाडौं पठाउनका लागि जनकपुर विमानस्थल पुर्‍याएको छ ।

प्रकाशित : वैशाख २९, २०७९ १२:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×