कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

लन्डनमा ४ हजार शय्याको अस्पताल निर्माणमा गोर्खा सैनिक

नवीन पोखरेल

लन्डन — बेलायती सेनाको रोयल गोर्खा राइफल्समा कार्यरत गोर्खा सैनिक लन्डनमा ४ हजार शय्याको अस्पताल निर्माणमा जुटेका छन् । 

लन्डनमा ४ हजार शय्याको अस्पताल निर्माणमा गोर्खा सैनिक

बेलायतको पहिलो एनएचएस नाइटिंगेल हस्पिटल निर्माणमा अन्य कामदारसँगै गोर्खा पनि खटिएका हुन् । ४ हजार क्षमताको उक्त अस्पतालमा आउँदो सातासम्म ५ सय शय्या तयार पार्ने लक्ष्य लिइएको छ ।

नेपालमा २०७२ सालको भूकम्पले क्षतिग्रस्त स्कुल तथा सामुदायिक भवन निर्माणमा पनि रोयल गोर्खा राइफल्स् खटेको थियो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण तीव्र रूपमा फैलिएपछि सरकारले पूर्वी लन्डनको प्रदर्शनी कक्ष ‘एक्सेल सेन्टर’लाई अस्पतालमा परिणत गर्न लागेको हो । ८७ हजार ३ सय २८ स्क्वायर मिटर क्षेत्रफलको उक्त प्रदर्शनी सेन्टरमा विश्वका २० ठूला अर्थतन्त्र भएका राष्ट्र ‘जी–२०’ सम्मेलन, विभिन्न प्रदर्शनी र २०१२ को लन्डन ओलम्पिक्स भएका थिए ।


बेलायतमा शनिबारसम्म कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ हजार १९ पुगेको छ । शुक्रबारसम्म मृतक संख्या ७ सय ५९ रहेकामा एकैदिन २ सय ६० जनाले ज्यान गुमाएका हुन् ।

प्रधानमन्त्री बोरिस जोनसन, स्वास्थ्यमन्त्री म्याट ह्यानककसहित १७ हजार ८९ जनामा संक्रमण देखिएको छ । बेलायत सरकारका प्रमुख चिकित्सा अधिकृत प्राध्यापक क्रिस हवीटीमा समेत कोरोनाको लक्षण देखा परेको स्वास्थ्य अधिकारीले बताएका छन् ।

तस्बिरहरु : ब्रिटिस आर्मीको फेसबुक पेजबाट

प्रकाशित : चैत्र १६, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?