कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

सन् १९९४ मा आजकै दिन : कपिल देवको कीर्तिमान 

काठमाडौँ — सन् १९९४ मा आजकै दिन (फेब्रुअरी ८) मा भारतीय क्रिकेटर कपिल देवले टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेटको कीर्तिमान कायम गरेका थिए । भारतको अहमदाबादमा श्रीलंकाविरुद्धको खेलमा विकेट लिएसँगै कपिलले ४ सय ३२ रन विकेटको कीर्तिमान राख्न सफल भएका थिए । 

सन् १९९४ मा आजकै दिन : कपिल देवको कीर्तिमान 

विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्येका एक कपिल टेस्ट क्रिकेटमा ४ सयभन्दा बढी विकेट र ५ हजारभन्दा बढी रन लिने एक मात्र खेलाडी हुन् । कपिलको नेतृत्वमा भारतले १९८३ मा विश्वकपको उपाधि जितेको थियो । भारतका लागि १३१ टेस्ट म्याच

खेलेका कपिलले ४ सय ३४ विकेटका साथै ५ हजार २ सय ४८ रन बनाएका छन् ।

एकदिवसीयतर्फ भने कपिलले २ सय २५ खेल खेलेका छन् । ती खेलमा उनले २ सय ५३ विकेट लिनुका साथै ३ हजार ७ सय ८३ रन बनाएका छन् । भारतीय क्रिकेट टोलीमा प्रशिक्षकको भूमिकासमेत निभाएका कपिलले लामो समय क्रिकेट कमेन्ट्री पनि गरेका छन् ।

प्रकाशित : माघ २५, २०८० ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?