एकैदिन करिब ३ लाख ६१ हजारलाई कोरोना, ३२९३ को मृत्यु
काठमाडौँ — भारतमा लगातार सातौं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ६० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी फैलिएयताकै धेरै हो । सोमबार भने भारतमा करिब ३ लाख २३ हजारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार २ सय ९३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख १ हजार १ सय ८७ पुगेको छ ।
India reports 3,60,960 new #COVID19 cases, 3293 deaths and 2,61,162 discharges in the last 24 hours, as per Union Health Ministry
Total cases: 1,79,97,267
Total recoveries: 1,48,17,371
Death toll: 2,01,187
Active cases: 29,78,709
Total vaccination: 14,78,27,367 pic.twitter.com/ZfG2CWNMzu
भारतमा अहिलेसम्म १ करोड ७९ लाख ९७ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४८ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७८ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १७ लाख २३ हजार ९ सय १२ नमुना परीक्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६७ हजार ७ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ९५ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा १७ हजार ८ सय ६२ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ८१ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३० हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ६४ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा १० हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने ७३ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको छ भने ८५ जनाको मृत्यु भएको छ ।
भारतमा मंगबारसम्ममा १४ करोड ७८ लाख २७ हजारभन्दा बढीले खोप लगाएका छन् । आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो ।
