कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भारतमा एकैदिन करिब ३ लाखलाई कोरोना संक्रमण, २०२३ को मृत्यु

काठमाडौँ — भारतभरका अस्पतालमा अक्सिजन र बेड अभाव भइरहेका बेला एकैदिन करिब ३ लाख जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन करिब ३ लाखलाई कोरोना संक्रमण, २०२३ को मृत्यु

भारतमा एकैदिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो सातौं दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार ३९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८२ हजार ५ सय ५३ जनाको मृत्यु भएको छ भने १ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २१ लाख ५७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ५ सय १९ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा थप २८ हजार ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण तीव्र भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारलाई तुरुन्त अक्सिजनको व्यवस्था मिलाइदिन सार्वजनिक रुपमै अपिल गरेका छन् ।

उनले दिल्लीका अस्पतालमा केही घण्टाका लागि मात्रै अक्सिजन मौज्दात रहेको पनि बताएका छन् । दिल्ली सरकारले समयमै अक्सिजनको आपूर्ति नहुने भने दिल्लीमा हाहाकार मच्चिने पनि बताएको छ ।

सम्बन्धित समाचार

कोरोनाको दोस्रो लहर तुफान बनेर आएको छ : नरेन्द्र मोदी

प्रकाशित : वैशाख ८, २०७८ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?