२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ब्राजिलमा कोरोना खोपको परीक्षणमा सहभागी व्यक्तिको मृत्यु

अक्सफोर्ड विश्वविद्यालय भन्छ : चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नु पर्दैन
एजेन्सी

रियो डि जेनेरियो — ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको हो ।

ब्राजिलमा कोरोना खोपको परीक्षणमा सहभागी व्यक्तिको मृत्यु

समाचार संस्था रोयटर्सका अनुसार सहभागीको मृत्यु भए पनि ब्राजिलले चिकित्सकीय परीक्षण जारी राख्ने बताएको छ । रोयर्टसले अक्सफोर्ड विश्वविद्यालयलाई उद्धृत गर्दै लेखेको छ, चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था छैन । एस्ट्राजेनेकाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

रोयटर्सले स्रोतलाई उद्धृत गर्दै सहभागी व्यक्ति कोरोना खोपको परीक्षणमा सहभागी भए पनि मेनेन्जाइटिसको खोप दिइएको थियो । यदि उनलाई कोभिड-१९ विरुद्धको खोप दिइएको थियो भने कोरोना खोपको परीक्षण रोकिने जानकारी स्रोतले दिएको रोयटर्सले उल्लेख गरेको छ ।

ब्राजिलमा तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेको साओपाउलोको संघीय विश्वविद्यालयका अनुसार यस घटनाको छानबिनका लागि बनाइएको स्वतन्त्र समितिले परीक्षण जारी राख्न सुझाव दिएको छ । विश्वविद्यालयले यसअघि कोरोना खोपको परीक्षणमा सहभागी व्यक्ति ब्राजिली नागरिक भएको जानकारी दिएको थियो ।

सीएनएन ब्राजिलका अनुसार मृत्यु हुने व्यक्ति रियो डि जेनेरियोका २८ वर्षीय व्यक्ति हुन् । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट सिर्जित जटिलताका कारण भएको पनि दाबी गरिएको छ ।

विश्वविद्यालयका प्रवक्ताका अनुसार ब्राजिलका ६ सहरका करिब ८ हजार जनालाई कोरोना खोपको पहिलो डोज दिइएको छ । तीमध्ये केहीलाई दोस्रो डोज पनि दिइएको विश्वविद्यालयले जनाएको छ ।

ब्राजिल सरकारले अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोरोना खोप रियोस्थित फियोक्रुज बायोमेडिकल रिसर्च सेन्टरमा ठूलो मात्रामा बनाउन सकिने दाबी गरेको छ ।

त्यस्तै ब्राजिली अनुसन्धान केन्द्र बुटानटान इन्स्टिच्युटले पनि चीनको सिनोभाक बायोटेक कम्पनीले बनाइरहेको कोरोना खोपको परीक्षण गरिरहेको छ । ब्राजिलले यो खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने पनि बताएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?