कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रवासी मजदुरलाई सरकारले हेरेन : गान्धी

एजेन्सी

नयाँदिल्ली — भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले केन्द्र सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट पीडित प्रवासी मजदुरहरूको बेवास्ता गरेको आरोप लगाएकी छन् ।

प्रवासी मजदुरलाई सरकारले हेरेन : गान्धी

भारतीय कंग्रेसले सञ्चालन गरेको ‘स्पिक अप इन्डिया’ अभियानका सन्दर्भमा जारी भिडियो सन्देशमा गान्धीले महामारीका कारण प्रभावित हरेक समुदायको समस्याप्रति संवेदनशील बन्न सरकारलाई सुझाव दिएकी छन् ।

सम्बोधनका क्रममा गान्धीले तत्काल राहतको आवश्यकता परेकालाई प्रतिपरिवार १० हजार भारतीय रुपैयाँ उपलब्ध गराउन तथा आगामी ६ महिनासम्म प्रतिपरिवार ७ हजार ५ सय रुपैयाँका दरले सहयोगको व्यवस्था गर्न आग्रह गरिन् ।

‘कंग्रेसले भारतको आवाज उठाउन यो सामाजिक अभियान गर्ने निर्णय गरिसकेको छ । आवश्यकता परेकालाई उपलब्ध गराउने गरी कोष खुला गर्न र राहत प्रदान गर्न हामी फेरि केन्द्र सरकारलाई आग्रह गर्छौं,’ गान्धीले भनिन् ।

राहत रकमका साथै प्रवासी मजदुरहरूको सुरक्षित र नि:शुल्क यात्राका लागि व्यवस्था गर्न तथा उनीहरूलाई आवश्यकताअनुसार सरकारले खाद्यान्नको प्रबन्ध गर्नुपर्नेसमेत गान्धीको माग छ ।

महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार सुनिश्चित ऐन, २००५ ले व्यवस्था गरेअनुरूप मजदुरलाई गाउँमै दुई सय दिन काम गर्ने अवसर सुनिश्चित गर्नसमेत उनले सरकारसँग माग गरेकी छन् ।

भाइरसको महामारीका कारण लाखौंले रोजगार गुमाउनुका साथै किसानहरूले आफ्नो उत्पादन बजारसम्म पुर्‍याउनसमेत नपाउँदा पनि सरकार चुपचाप बसेको उनको भनाइ छ । 

प्रकाशित : जेष्ठ १६, २०७७ ०७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?