२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा संक्रमण देखियो

मनोज पौडेल

कपिलवस्तु — भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का युवामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । 

भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा संक्रमण देखियो

उनको शवसँग हेलमेल भएका ९ जनाको स्वाबको रिपोर्ट भने अझै नआएको उनले बताए । ती युवाको जेठ १० गते राति लखनउ आसपास मृत्यु भएको थियो । उनको शव अर्घाखाँची लगेर सदगद गरिएको थियो ।

उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए । त्यसपछि छाति दुख्यो भन्दै वान्ता गरेका उनी बसमै ढलेको उनका भतिजको भनाई उद्धृत गर्दै ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए ।

उनको बसमै मृत्यु भएपछि शवलाई बसमै ल्याइएको थियो । आइतबार दिउसो उनीहरु सिर्सिहवा नाका हुँदै नेपाल भित्रिएका थिए । शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?