२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सप्तरीमा थप ४ जनामा कोरोना देखियो

अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिकामा पनि कोरोना संक्रमण देखिएको छ । बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा राजविराज नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

सप्तरीमा थप ४ जनामा कोरोना देखियो

चारैजना राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा नगरपालिकाद्वारा संचालित क्वारेन्टाइनमा छन् । उनीहरु २० देखि २६ वर्ष उमेरका हुन् ।

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवका अनुसार चारैजना राजविराज नगरपालिका वडा नम्बर १० का हुन् । उनीहरु भारतवाट आएका हुन् । यससँगै सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

संक्रमित बढ्दै गए पनि यहाँ आइसोलेसन कक्षको अभाव छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा २२ जना क्षमताको मात्र आइसोलेसन रहेका कारण बाँकी ११ जनालाई तत्काल क्वारेन्टाइनमै छुट्टै कोठामा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख यादवले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?