कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्सामा थप ४ संक्रमित

९ दिन अगाडि भारतबाट आएका थिए
भूषण यादव

वीरगन्ज — पर्सामा बिहीबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित चारजना मध्ये तीनजना भारतको हरियाणा र एकजना दिल्लीबाट फर्किएका हुन् । परीक्षणका लागि मंगलबार उनीहरुको स्वाब थ्रोट संकलन गरिएको थियो । 

पर्सामा थप ४ संक्रमित

नारायणी अस्थाई कोभिड अस्पताल गण्डकका डा.उदयनारायण सिंहका अनुसार बिहीबार संक्रमण पुष्टि भएका पोखरियाका चारजनालाई अस्थाई कोभिड अस्पतालमा ल्याइएको छ । यो सँगै पर्सामा कोरोना संक्रमितको संख्या ९८ पुगेको छ ।

डा. सिंहका अनुसार भारतबाट आएका चारजना मध्ये ३ जना पोखरिया नगरपालिकाको वडा ९ र एकजना वडा ६ का बासिन्दा हुन् । भारतबाट फर्किएपछि उनीहरुलाई श्री जिल्ला उच्चागंल रामदेव कलवार विद्यालयमा नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । दिल्लीबाट फर्किएका संक्रमितको श्रीमती र छोरीमा भने कोभिड संक्रमण देखिएको छैन । उक्त क्वारेन्टाइनमा ३१ जना राखिएका छन् । मंगलबार १३ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षण गरिएकोमा ४ जना पुरुषमा कोरोना पोजेटिभ आएको हो ।

प्रकाशित : जेष्ठ १५, २०७७ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?