१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

कोरोना प्रकोप : मृतकको संख्या ३०४ पुग्यो, १४ हजार ३ सय जना संक्रमित

एजेन्सी

बेइजिङ — चीनको वुहानबाट विश्वव्यापी भएको कोरोना भाइरसका कारण कम्तीमा ३ सय ४ जना मानिसको मृत्यु भएको छ । संसारभर १४ हजार ३ सय जनामा काराेना संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना प्रकोप : मृतकको संख्या ३०४ पुग्यो, १४ हजार ३ सय जना संक्रमित

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक फेला परेको कोरोना भाइरस यतिबेला विश्वका २५ देशमा फैलिइसकेको छ र यो क्रम रोकिएको छैन । कोरोना प्रकोपकै कारण अन्य देशहरुले चीनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गराउँदै छन् भने चीन भ्रमणलाई पनि रोकिदिएका छन् ।

काेराेना प्रकाेप

कोरोना न्युनिकरणका साथै खोप विकासका लागि चीनमा ६० मिलियन मानिसलाई त्यहाँका सहरहरुमा ‘लक–डाउन’ गरिएको छ ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ १९, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?