जनकपुरलाई विराटनगरको १ सय ३६ रनको लक्ष्य

जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेपछि विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १३५ रन बनायो र बलरले पनि प्रभावशाली प्रदर्शन गरे।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Biratnagar sets Janakpur a target of 136 runs

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किंग्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्ससामू १ सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जनकपुरले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि विराटनगरले २० ओभर उपयोग गरेर सात विकेटमा १ सय ३५ रनको स्कोर खडा गरेको हो ।

त्यसमा सबैभन्दा ठूलो योगदान भारतीय मूलका अमेरिकी खेलाडी शुभम रञ्जनको रह्यो र उनले ३७ रन बनाए । उनले २९ बलको सामना गरेर दुई चौका तथा दुई छक्का सामेल थियो । उनी रनआउट भए । यस्तै बसिर अहमदले ३६ रन बनाए । उनले ३५ बलमा तीन छक्का प्रहार गरे ।

विराटनगरका लागि ओपनरद्वयमध्ये लोकेश बमले २८ र जर्ज मुन्सीले १० रन जोडे । मार्टिन गुपटिलले भने ठूलो इनिङ्स खेल्न सकेनन् र १३ रनको मात्र योगदान दिए । विराटनगरको बलरमध्ये संगित कोरीले २६ रनमा दुई तथा रुपेश सिंहले १२ रनमा दुई विकेट लिए । आदित्य महताले १६ रनमा एक विकेट लिए ।

विराटनगरको दुई खेलबाट चार अंक रहेको छ । जनकपुरले भने अंकको खाता खोल्न सकेको छैन् । 

कान्तिपुर

Link copied successfully