जनकपुर गत वर्ष उपाधि यात्रामा विराटनगरलाई हराएको भए पनि यसपटक विराटनगरले दुवै खेलमा शानदार प्रदर्शन गर्दै अग्रता लिएको छ ।
काठमाडौँ — जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । च्याम्पियन जनकपुरका कप्तान अनिल साहले टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा विराटनगर किंग्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
विराटनगरले पहिलो दुवै खेल जितेर उत्कृष्ट सुरुवात गरेको छ । टोलीले पहिलो दुई खेलमा विराटनगर एभेन्जर्स र काठमान्डु गोर्खाजलाई पराजित गरेको थियो । जनकपुर भने पहिलो खेलमै गोर्खाजसँग स्तब्ध भएको थियो ।
जनकपुरले अघिल्लो खेल खेलेको टोलीबाट विकास आग्रीको स्थानमा आदित्य महता र लाहिरु समराकुनको स्थानमा संगीथ कोरेलाई खेलाएको छ । विराटनगरको टोलीमा भने कुनै परिवर्तन गरेको छैन ।
गत वर्ष जनकपुरले उपाधि यात्रा सुरु गर्दा उद्घाटन खेलमै विराटनगरलाई सहजै ८ विकेटले पराजित गरेको थियो । मार्टिन गप्टिलले अर्धशतक बनाए पनि विराटनगर १९ ओभरमा १ सय २७ रनमा अलआउट भएको थियो । लाहिरु मिलान्थाले ५३ बलमा ७५ रन बनाएपछि जनकपुरले १५.३ ओभरमै १ सय ३१ रन बनाएको थियो ।
जनकपुरले टेस्ट कोटा नपाउदा स्टार अलराउन्डर जिम्मी निसम पोखरा लागेपछि च्याम्पियन टोलीको प्रदर्शन पहिलो खेलमा त्यो अनुरूप हुन सकेको थिएन ।
