एनपीएल : विराटनगर ५ विकेटले विजयी [तस्बिरहरु]

विराटनगर किंग्सले शनिबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्‍यो । 

मंसिर ६, २०८२

हेमन्त श्रेष्ठ

NPL: Biratnagar wins by 5 wickets [Photos]

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । टोलीले शनिबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्‍यो । 

NPL: Biratnagar wins by 5 wickets [Photos]

विराटनगरले १ सय ३५ रनको लक्ष्य त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १७.१ ओभरमै पुरा गर्‍यो । सुदूरपश्चिम रोयल्सपछि पहिलो दुवै खेल जित्ने विराटनगर अर्को टोली भएको छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै उच्च स्कोर २ सय २० रन बनाउँदै पोखरा एभेन्जर्ससँगको खेल ५३ रनले जितेको थियो । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेयता काठमान्डु लगातार दोस्रो खेलमा पराजित भइसकेको छ । टोली अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully