३१ वर्षीय वैदिक नीति निर्माणमा काम गर्न रुचाउने पात्रका रुपमा परिचित छन् । लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनले आर्थिक तथा विकास विज्ञका रुपमा काम गरिसकेका छन् ।
प्यूठान — प्यूठानबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त वैदिक ९ हजार १३१ मतान्तरले बिजयी भए । नेपाली कांग्रेसका डाक्टर गोविन्दराज पोख्रेललाई पराजित गर्दै संसदीय यात्रा तय गरेका वैदिकले २७ हजार ४६९ मत ल्याए । दोस्रो स्थानमा रहेका कांग्रेसका पोख्रेलले १८ हजार ३३८ मत प्राप्त गरे ।
एमालेका सूर्य थापाले १६ हजार ७१० मतसहित तेस्रो र ९ हजार ७४ मतसहित नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्का चौथो र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित छैठौ स्थानमा छन् ।
प्यूठान नगरपालिका–१ खैरामा १८ जेठ २०५१ मा जन्मिएका सुशान्त अर्थशास्त्रीका रुपमा चिनिन्छन् । ३१ वर्षीय वैदिक नीति निर्माणमा काम गर्न रुचाउने पात्रका रुपमा परिचित छन् ।
प्यूठानको प्यूठान नगरपालिका–१ खैरामा जन्मिएका वैदिक हाल दाङ तुल्सीपुरमा बसोबास गर्दै आएका छन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्स (एलएसई) बाट अर्थशास्त्रमा स्नातकोत्तर तथा नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्स (एनएचएच) बाट अर्थशास्त्र र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् ।
लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री हुँदा मुख्यमन्त्रीका आर्थिक तथा विकास विज्ञका रुपमा काम गरिसकेका छन् ।
लुम्बिनी प्रदेश सरकारको बजेट, कार्यक्रम समीक्षा, पाँच वर्षे योजना, कृषि विकास रणनीति र आर्थिक सुधारसम्बन्धी अवधारणामा काम गरेका वैदिक प्रतिस्पर्धा नीति, विकास अर्थशास्त्र र लगानी विश्लेषणमा दक्ष मानिन्छन् । सल्लाहकारको भूमिकामा रहँदा नीति निर्माणमा उनको जोड रहेको थियो ।
