कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी

कैलालीका ५ वटै क्षेत्रमा रास्वपा विजयी

फाल्गुन २४, २०८२

रञ्जना बिसी

RSP's KP Khanal wins in Kailali-2

कैलाली — कैलालीका चारवटा निर्वाचन क्षेत्रमा जितिसकेको रास्वपाले क्षेत्र नम्बर २ मा केपी खनालको विजयसँगै क्लिन स्वीप गरेको छ ।

क्षेत्र नम्बर २ मा खनालले ७ हजार १०८ मतको भारी मतान्तरले प्रतिद्वन्द्वीलाई हराउँदै विजय भएका हुन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले  ११ हजार ९४९ मतमा खुम्चिएका हुन् ।

यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७,८८६ मतसहित तेस्रो स्थानमा झरेका छन् । कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४३६९ मत ल्याए।  यो यो क्षेत्रमा  १ लाख ७०५७ मतदाता रहेकोमा ५६ हजार ७७० मत खसेको थियो।

प्रतिनिधिसभा निर्वाचन २०८२

रञ्जना

Link copied successfully