३० वर्षका रामजीको संसदीय छलाङ, सीके राउत पराजित

रामजीले २८ हजार ४ सय ४ मत ल्याउँदा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ९ हजार ८ सय ८० मत ल्याएर तेस्रो स्थानमा पुगे ।

फाल्गुन २४, २०८२

विद्यानन्द राम

30-year-old Ramji's parliamentary leap, CK Raut defeated

राजविराज — सप्तरी-२ मा रास्वपाका रामजी यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रामजीले २८ हजार ४ सय ४ मत ल्याउँदा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले ९ हजार ८ सय ८० मत ल्याएर तेस्रो स्थानमा पुगे ।

रामजीका निकटतम प्रतिस्पर्धी भने जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले १४ हजार २ सय ६३ मत पाए । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सत:शकुमार सिंहले ३ हजार ५ सय ५७ मत मात्र ल्याउन सके । उनी स्वाभिमान पार्टीबाट उम्मेदवार थिए ।

कांग्रेसका रामकुमार यादवले २ हजार ४ सय ९८, राष्ट्र निर्माण दल नेपालका अफरोज आलमले १ हजार १ सय २०, नेकपा एमालेका मो.जियाउल रहमानले ८ सय ८३, नेपाली कम्युनिष्ट पार्टीका सुर्यनाथप्रसाद यादवले ४ सय २६., राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार दासले ३ सय ७४ मत ल्याएका छन् ।

राजविराज नगरपालिका–९ विहारपुरका ३० वर्षका निर्वाचित रामजी २०७३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट राजनीतिमा सक्रिय भएका थिए । पेशाले इन्जिनियरसमेत रहेका उनी पछिल्लो जेनजी आन्दोलनपछि रास्वपाबाट उम्मेदवार भएर प्रतिनिधिसभा सदस्यमा लडेका थिए ।

कुल १ लाख ५ हजार ९ सय २२ जना मतदाता रहेको यस क्षेत्रमा ३५ हजार ५ सय ४३ महिला र ६८ हजार ५ सय ४० पुरुष गरी ६८ हजार ५ सय ४० जनाले मतदान गरेका थिए । यसअघि सप्तरी–१, ३ र ४ मा पनि रास्वपाकै क्रमशः पुष्पाकुमारी चौधरी, अमरकान्त चौधरी र सीताराम साह निर्वाचित भइसकेका छन् ।

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully