‘जनता जान्‍न चाहन्छन्’ भन्थे ऋषि, जनताले नै जोगाइदिएनन् जमानत

आम जनता पार्टी (आजपा) बाट मोबाइल चुनाव चिह्न लिएर मैदानमा उत्रिएका धमलाले निकै न्यून मत प्राप्त गरेपछि उनको धरौटी जफत हुने भएको छ। नि

फाल्गुन २४, २०८२

शिव पुरी

Rishi used to say, 'The people want to know', but the people themselves did not provide bail.

चन्द्रपुर — चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा चर्को स्वरमा सहभागीलाई र्‍याखर्‍याख्ती गर्ने पत्रकार ऋषि धमलालाई जनताले नै जमानत जोगाइदिएनन्। रौतहट क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका चर्चित पत्रकार धमलाको टेलिभिजनमा गर्जनपछि चुनावी मैदानमा भने विसर्जन भएको छ।

आम जनता पार्टी (आजपा) बाट मोबाइल चुनाव चिह्न लिएर मैदानमा उत्रिएका धमलाले निकै न्यून मत प्राप्त गरेपछि उनको धरौटी जफत हुने भएको छ। निर्वाचन कानुन अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी (जमानत) जफत हुने व्यवस्था छ।

गणना गरिएको ७३ हजार ३९८ कुल मतको तुलनामा धमलाले अत्यन्तै थोरै ६५५ मत प्राप्त गरे। चुनावी प्रचारका क्रममा उखु काट्ने, ट्याक्टर चलाउने र गाउँले शैलीमा प्रस्तुत भएर निकै चर्चा बटुले पनि त्यो चर्चा मतमा परिणत हुन सकेन। चर्चा र वास्तविकताबीचको अन्तरले उनको पत्रकारिताबाट राजनीतिमा प्रवेशको सुरुवातमै धक्का लागेको देखिएको छ

रौतहट–४ को यो नतिजाले स्थानीय राजनीतिमा स्थापित दलहरू र नयाँ उदय भएको रास्वपाको प्रभाव बलियो देखाएको छ भने धमलाको राजनीतिक यात्राको सुरुवात निकै चुनौतीपूर्ण बनेको छ।

यस पटक पत्रकार धमलाको चुनावी यात्रा निकै चर्चा र रोचक शैलीले भरिएको थियो। उनी दिनहुँजसो सामाजिक सञ्जालमा छाइरहे। धादिङ घर भएका धमला रौतहटबाट चुनाव लडेका हुन्। उनले चुनावी अभियानको अन्तिम समयमा चन्द्रनिगाहपुरमा विशाल मोटरसाइकल र्‍याली निकालेका थिए। तर मत भने र्‍यालीअनुसार पाउन सकेनन्। उनले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित बिरामीलाई आफैं खर्च बेहोरेर उपचारका लागि पठाउने गरेका थिए।

बहुमुखी प्रचार शैली : खेतीपातीदेखि चटपटेसम्म

धमलाले चुनाव प्रचारका क्रममा मतदाताको मन जित्न कुनै कसर बाँकी राखेनन्। उनको प्रचार शैली कुनै चलचित्रको दृश्यभन्दा कम थिएन। यस्तो लाग्थ्यो कि चुनाव उनकै पोल्टामा जाने निश्चित जस्तै छ।

Rishi used to say, 'The people want to know', but the people themselves did not provide bail.उनी उखुबारीमा पसिना बगाउँदै उखु काट्ने र बोक्ने काम मात्र गरेनन्, विपन्न र दलित बस्ती पुगेर आँखा रसाउँदै रुदै जनताको पीडा बुझ्ने प्रयास पनि गरे। ट्र्याक्टर र साइकल चलाएर आफूलाई स्थानीय जनजीवनसँग जोड्ने प्रयास गरे।

गाउँ डुल्ने क्रममा उनले कहिले सिकर्मी बनेर काठ काट्ने सीप देखाए त कहिले चटपटे पसलमा पुगेर आफैं चटपटे बनाएर मतदातालाई खुवाए। चुनावी अभियानकै क्रममा कतिपय ठाउँमा मतदातालाई अँगालो हालेर रोएको र बिरामीको उपचारका लागि चन्दा संकलनमा जुटेका दृश्यहरू पनि निकै भाइरल भए।

यति धेरै सक्रियता र चर्चाका बाबजुद चुनावी परिणाम भने उनका लागि सुखद रहेन। ५ हजार मत गणना हुँदासम्म उनले मात्र १० मत प्राप्त गरेका थिए, जुन सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्यो।

यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल ३६ हजार ८७६ मतसहित विजयी भएका छन्। उनले कांग्रेसका देवप्रसाद तिमल्सिनालाई ह्याट्रिक गर्नबाट रोके। तिमल्सिना २०७४ र २०७९ मा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। चुनावी रेसमा ३७ जना सहभागी थिए। तीमध्ये कांग्रेस र नेकपा बाहेक नेकपा एमालेसहित ३४ उम्मेदवारको जमानत जफत भएको छ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेका धमला चोक, बजार र भित्री गाउँमा चटके पाराले मत मागिरहे। तिमल्सिनालाई कुनै पनि हालतमा ह्याट्रिक हुन नदिने दाउमा लागेका उम्मेदवारमध्ये धमला पनि एक हुन्।

Rishi used to say, 'The people want to know', but the people themselves did not provide bail.कांग्रेसका तिमल्सिना, आम जनता पार्टीका ऋषि धमला, नेकपा (एकीकृत समाजवादी) का रामकुमार भट्टराई, नेकपा एमालेका रामजी साह, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, जसपाका राजकुमार दास, जनमत पार्टीका कल्याण पटेल, उज्यालो नेपाल पार्टीका तुलसी गिरी र प्रगतिशील लोकतान्त्रिक पार्टीका सत्यनारायण भगत चुनावी रेसमा थिए।

२०४८ सालदेखि यो क्षेत्र एमाले र कांग्रेस दुवैको गढ जस्तै रहँदै आएको छ। २०४८ मा नेकपा एमाले, २०५१ मा कांग्रेस, २०५६ मा नेकपा एमाले, २०६४ मा नेकपा माओवादी, २०७० मा नेकपा एमाले तथा २०७४ र २०७९ मा नेपाली कांग्रेसले जित्दै आएको क्षेत्र हो। ‘ऋषिजी एउटा असल पत्रकार हुनुहुन्छ। उहाँ अचानक राजनीतिमा आउनुभयो,’ तिमिल्सिनाले भने, ‘अहिलेको आँधीबेरीमा उहाँ पनि बढारिनुभयो। चुनाव जित्न कहाँ सहज हुन्छ र?’

चुनाव हारे पनि धमलाले आफ्नो विशेष शैलीलाई निरन्तरता दिएका छन्। उनले एक भिडियो सन्देश जारी गर्दै भनेका छन्, ‘म हारे पनि रौतहटको विकास र जनताको सेवामा सधैं तत्पर रहनेछु। जनताले दिएको मतको कदर गर्छु। विजयी हुनुभएका गणेश पौडेलजीलाई बधाई छ। म यही क्षेत्रबाट राजनीति गर्नेछु, म कतै जाँदिनँ। अबको मेरो योजना भनेको मुख्यमन्त्री र प्रधानमन्त्री बन्नेसम्मको हो।’ उनले मधेशबाटै प्रधानमन्त्री बन्नुपर्ने र शिक्षा तथा स्वास्थ्य निःशुल्क हुनुपर्ने आफ्नो एजेन्डामा अझै प्रतिबद्ध रहेको बताएका छन्। रौतहट र समग्र मधेशको अवस्था निकै जर्जर भएकाले आफूले सबै सुधार गर्ने उनको भनाइ छ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully