इन्जिनियर उज्ज्वलकुमार झा : अब देशकाे कानुन निर्माण यात्रामा

इन्जिनियर पृष्ठभूमिका कारण उनी विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदातामाँझ पुगेका थिए । जुनको एजेन्डा नै विजेता बन्नुको बलियाे कडी बन्यो ।

फाल्गुन २४, २०८२

विकास आर्या

Engineer Ujjwal Kumar Jha: Now on the journey of law-making in the country

काठमाडौँ — महोत्तरी-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उज्ज्वलकुमार झा निर्वाचित भएका छन् । उनी ३२ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार रिजवान अन्सारीले ५ हजार ९६९ मत मात्रै ल्याएका छन् । 
झा पेशाले इन्जनियिर हुन् । यसअघि ०७९ मा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका ३३ वर्षीय झा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका थिए । 
महोत्तरीमै जन्मिएका  झा एकराडा गाउँपालिकाका स्थायीबासी हुन् । झाले भीआईटीआई टेलगामबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका हुन् । इन्जिनियरिङ पृष्ठभूमिका कारण उनी विकास, पूर्वाधार र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदातामाँझ पुगेका थिए । जसको एजेन्डा नै विजेता बन्नुको पहिलो कडी बन्यो । उनी महोत्तरीको परिचित राजनीतिक परिवारका सदस्य पनि हुन् । उनका हजुरबुबा कुलानन्द झा पञ्चायतकालका चर्चित नेता थिए । उनका हजुरबुबालाई स्थानीयले अझै पनि 'न्यायप्रेमी नेता’का रूपमा सम्झन्छन् । यहि पारिवारिक पृष्ठभूमि उनलाई समाजसेवा र सार्वजनिक जीवनप्रति प्रेरित गरेको बताइन्छ । स्थानीयस्तरमा उनी एक सामाजिक र सक्रिय युवा अनुहारका रूपमा चिनिन्छन् । 
निर्वाचित भएपछि झाले मतदाताले जसरी स्नेह देखाएका छन् त्यो स्नेहको बदलामा काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
२०७९ सालको प्रदेश सभा निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी कै क्रममा उल्लेखनीय मत प्राप्त गरेका थिए । सो निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रानीकुमारी तिवारी ६ हजार ४१४ मतसहित विजयी हुँदा उज्ज्वलले ५ हजार ४८९ मत प्राप्त गरी कडा उपस्थिति जनाए । त्यतिबेला प्रमुख दलका उम्मेदवारलाई पछाडि पार्दै उनले  राजनीतिक सम्भावना देखाउन सफल भएका थिए । 
स्थानीय मतदातामाँझ पढे लेखेका, इमान्दार र विकासप्रति स्पष्ट दृष्टिकोण राख्ने युवाको छवि बनाउन सफल भएकाले यहाँका मतदाताले उनलाई प्रतिनिधिसभामा पुर्याएका हुन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

विकास उनी कान्तिपुर टेलिभिजनमा महोत्तरी संवाददाता हुन् ।

Link copied successfully