श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निकटतम प्रतिद्वन्द्वीभन्दा ९४६ मतले अघि छन् ।
धरान — सुनसरी निर्वाचन क्षेत्र -१ को पछिल्लो मतगणना परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई (साम्पाङ) अग्रस्थानमा रहेका छन्।
सुनसरी–१ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेको कार्यालयका अनुसार हालसम्म १६ हजार ७०३ मतगणना सकिँदा श्रम संस्कृति पार्टीका साम्पाङले ६ हजार २७९ मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिद्वन्द्वीभन्दा ९४६ मतले अग्रता बनाएका हुन्।
सुरुवाती चरणमा अग्रता लिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सरिन तामाङ (गोमा) ले ५ हजार ३३३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेकी छन्। तेस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टीका मनोज भट्टराई रहेका छन्। उनले १ हजार ३६३ मत प्राप्त गरेका छन्।
नेकपा एमाले (सूर्य) का टिकाराम लिम्बुले १ हजार १०२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङले ९८५ मत पाएका छन्।
राप्रपाका उद्धव श्रेष्ठ ले ४०४ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका डम्बर लावती ले १३१ मत पाएका छन्। हालसम्म खसेको मतमध्ये १६ हजार ७ सय ३ मतगणना भइसकेको सहायक निर्वाचन अधिकृत वेदप्रसाद सापकोटाले बताए । त्यसमध्ये १५ हजार ८२९ मत सदर भएको छ भने ८७४ मत बदर भएको उनले जानकारी दिए ।
