सोविता गौतम चितवन-३ बाट ५९ हजार २७७ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् ।
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोविता गौतम चितवन-३ बाट ५९ हजार २७७ मतसहित प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेनु दाहालले २० हजार ६१५ मत ल्याएकी छन् । सोविता ३८ हजार ६६२ मतान्तरले निर्वाचित भएकी हुन् ।
चितवन-३ मा कांग्रेसका टेकप्रसाद गुरूङको ८ हजार ३४४ र एमालेका शंकर थपलियाको ५ हजार ४ मत पाएका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य पदमा यो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे ३५ हजार ६० मत ल्याएर विजय भएका थिए । यो पटक राप्रपाका उम्मेदवार रहेका दिपक थापा मगरको एक हजार २२६ मत मात्रै आयो । यहाँ एक लाख ५३ मत खसेको थियो ।
