तनहुँ-१ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी

यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ-१ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।

फाल्गुन २३, २०८२

सम्झना रसाइली

RSVP Vice President Swarnim Wagle wins in Tanahun-1

तनहुँ — तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । वाग्लेले ३८  हजार ४० मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका गोविन्द भट्टराईले १६  हजार २ सय ३१ मत ल्याएका छन् ।

यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ-१ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।

त्यहाँबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा उनले कांग्रेसका भट्टराईलाई नै १५ हजारभन्दा बढी मतले हराएका थिए । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully