उनी प्रदेश मन्त्रीसमेत बने । माओवादी त्याग गरेपछि उनकाे प्रदेशसभा सदस्य पद गुमेकाे थियाे ।
बारा —
बारा-४ मा रास्वपाका उम्मेदवार रहबर अन्सारी भारी मतले विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी एमालेका केन्द्रीय सदस्य कृष्णकुमार (किसान) श्रेष्ठलाई फराकिलाे मतकाे अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
अन्सारीले ४१ हजार २ सय मत ल्याए भने श्रेष्ठले ११ हजार ६३९ मत मात्रै पाए । यो २९ हजार ५ सय ६१ मतको फराकिलो अन्तर हो ।
चिकित्सक पृष्ठभूमिका उनी २०७९ मा मधेश प्रदेशसभा सदस्यमा पर्सा १ काे `क´ बाट तत्कालीन नेकपा माओवादीकाे तर्फबाट निर्वाचित भएका थिए । उनी प्रदेश मन्त्रीसमेत बने । उनले माओवादी त्याग गरेपछि उनकाे प्रदेशसभा सदस्य पद गुमेकाे थियाे ।
त्यसपछि रास्वपा प्रवेश गरेका उनी पहिलोपटक संघीय संसद्का लागि अनुमोदित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ वीरगन्जसित जाेडिएकाे क्षेत्र हाे । वीरगन्ज-१४ बहुअरीका अन्सारीले स्नातकाेत्तरसम्म अध्ययन गरेका छन् ।
