बाग्लुङ–२ मा रास्वपाका सोम शर्मा विजयी

सोम शर्माले १२ हजार ६ सय ४७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।

फाल्गुन २३, २०८२

प्रकाश बराल

Som Sharma of RSP wins in Baglung-2

बाग्लुङ — बाग्लुङ–२ मा रास्वपाका सोम शर्मा विजयी भएका छन् । उनले १२ हजार ६ सय ४७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए । 
शर्माका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत ल्याए । नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७ सय ९ मत पाउँदा एमालेकी मञ्जु शर्माले ७ हजार ८ सय ६४ ल्याइन् । 
पत्रकारिता र सामाजिक अभियान्ताको रुपमा लागेका शर्मा भ्रष्ट्राचार विरोधी अभियानमा सक्रिय थिए । उनी जेन–जी आन्दोलनमा पनि अग्रपंक्ति थिए । साथै, माइतीघरमा हुने अन्य आन्दोलनहरूमा पनि उनी सक्रिय देखिन्थे । 
उनले बाग्लुङ–२ का समस्या समाधानमा काम गर्ने बताएका छन् । यो क्षेत्रमा गत २०७९ को निर्वाचनमा तत्कालिन माओवादीका नेता देवेन्द्र पौडेलले कांग्रेस गठबन्धनबाट जितेका थिए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully