लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

एमालेका पृथ्वीसुब्बा गुरुङ पराजित

फाल्गुन २३, २०८२

आश गुरुङ

Dharmaraj KC of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Lamjung

लमजुङ — लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी निर्वाचित भएका छन् ।रास्वपाले दोस्रोपटक उम्मेदवार बनाएको उनी निकटतम प्रतिद्वन्द्वी एमाले–कांग्रेस उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

कुल ७५ हजार ४ सय ६० मत खसेकोमा उनले ३३ हजार ८ सय ९८ मत पाए । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार ८ सय ७६ मत र कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत पाए । नेकपाका हरिजङ तामाङले ३ हजार ३ सय ७१ मत पाए ।

केसीले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ हजार २९ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिए । उक्त चुनावमा ३४ हजार ९ सय ६९ मत ल्याएर नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङ विजयी भएका थिए ।

निकटतम प्रतिद्धन्द्धि तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत ल्याएका थिए ।-आश गुरुङ/लमजुङ

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully