जाजरकोटमा शक्तिलाई हराउँदै खड्कबहादुर विजयी
सुर्खेत — जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् । बुढाले निकटतम् प्रतिद्वन्द्वी नेकपाका शक्तिबहादुर बस्नेतलाई हराएका छन् ।
बुढाले २० हजार १ सय ४२ मत प्राप्त गर्दा बस्नेतले १७ हजार ४ सय ७ मत प्राप्त गरी उपविजेता बने । एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८ सय ८३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ ।
बुढा कांग्रेस जाजरकोटका कार्यवाहक सभापति हुन् । कांग्रेसनिकट विद्यार्थी संगठनबाट सक्रिय राजनीतिमा आएका बुढा २०७४ मा शिवालय गाउँपालिकाको अध्यक्षमा पराजित बनेका थिए ।
