कामले जनताको मन जिते पनि मत जित्न सकिनँ : रेनु दाहाल

'मैले कामद्वारा तपाईंहरूको मन त जितेँ तर मत जित्न सकिनँ। मत जित्ने मा.सोविता गौतमलाई धेरै-धेरै बधाई भन्न चाहान्छु।' -रेनु दाहाल

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Even though I won people's hearts with my work, I couldn't win their votes: Renu Dahal

काठमाडौँ — चितवन नेकपाकी उम्मेदवार रेनु दाहालले चुनावी हारपश्चात कामद्वारा जनताको मन जित्न सके पनि मत जित्न नसकेको बताएकी छन् । भरतपुर महानगरकी पूर्वमेयरसमेत रहेका रेनुले फेसबुकमा स्टाटस लेख्दै भरतपुरमा जीवनको उर्जाशील ९ वर्ष विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको तर मत जित्न नसकेको बताएकी छन् ।

उनले चुनावी परिणामलाई उनले जनताको जनमत स्वीकार्ने र सम्मान गर्ने पनि बताएकी छन् । भरतपुर महानगरपालिकामा १५ महिना मेयर कार्यकाल बाँकी हुँदै चुनावी मैदानमा होमिएको बताउँदै उनले लेखेकी छन्  ‘मलाई लाग्यो विकासका लागि जनताका पक्षमा राम्रा नीति नियम नहुनाले कामहरू असहज भइरहेका छन्,  यद्यपि मतपरिणाम आइसकेको छ जनताको अमूल्य मतको सम्मान गर्दछु ।’ 

उनले अगाडि लेखेका छन्, 'मैले कामद्वारा तपाईंहरूको मन त जितेँ तर मत जित्न सकिनँ। मत जित्ने मा.सोविता गौतमलाई धेरै-धेरै बधाई भन्न चाहान्छु।' 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमसँग ३८ हजार ६ सय ६२ मतान्तरले पराजित भएकी छन् ।

कान्तिपुर

Link copied successfully