अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन : रास्वपा सभापति लामिछाने

उनले जे जस्तो भए पनि अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्ने बताउँदै भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ।’

माघ ७, २०८२

कान्तिपुर संवाददाता

It is not good to bring court debates to the streets: RSPB President Lamichhane

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्। जनकपुरबाट पर्सा हुँदै चितवन आएका सभापति लामिछानेले बुधबार अपराह्न काठमाडौं फर्कँदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन्।

उनले जे जस्तो भए पनि अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्ने बताउँदै भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू भएको छ। तर अदालतको विकल्प छैन। यो प्रक्रियाको सम्मान गर्नुपर्छ।’

लामिछानेले आफूमाथि धेरै मुद्दा भएपछि त्यसले मानसिक रूपमा विक्षिप्त बनाउने पनि बताए। उनले भने, ‘अदालतप्रतिको गलत टिप्पणी गर्नु हुँदैन। अदालतका बहसहरू सडकमा आउनु राम्रो होइन।’ उनले आफू अदालतप्रति आशा र भरोसा राखेर बसिरहेको पनि बताए।

चुनाव विषयमा पत्रकारहरूले गरेको प्रश्नमा उनले नतिजा जे आए पनि स्वीकार्ने हिसाबले जानुपर्ने बताउँदै भने, ‘प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित हुने क्रियाकलाप कुनै पनि राजनीतिक दलले नगरोस्।’

चितवन–२ बाट निर्वाचनमा होमिएका लामिछानेले सिंगो चितवन नै घन्टीमय बनाउन आफू लागेको पनि बताए। उनले भने, ‘चितवनले सुरुवातमै उत्साहपूर्ण संकेत गरेको छ।’

सम्बन्धित समाचार

बैंक ग्यारेन्टी बुझाएर छुटे रवि लामिछाने

कान्तिपुर

Link copied successfully